बाँके प्रवासी सेवा समाजले सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

बाँके बासीको पहिचान,समुन्नत समाजको निर्माण भन्ने मूल नाराका साथ कतारमा स्थापित बाँके प्रवासी सेवा समाजले प्रथम वार्षिक उत्सव पूरा गरेको उपलक्ष्यमा तथा जिल्लाका अनाथ अपाङ्ग बालबालिकाको सहयोगार्थ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम आउँदो शुक्रबार नोभेम्बर १७ तारिख डल्ला ड्राइभिङ एकेडमी मिसाइमिरमा आयोजना हुँदैछ।

कार्यक्रमलाई भब्य बनाउन नेपाल देखि बिरु लामा,बिन्दा परियार सन्तोष केसी, बिना खड्का लगायतका चर्चित कलाकारहरु कतार आउनेछन्।साथै कार्यक्रममा स्थानिय कलाकार हरुको पनि बेजेड प्रस्तुति रहनेछ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका महासचिव श्याम डिसि ले क्युएन खबरलाई जानकारी दिएका छन् ।

कार्यक्रम स्थल जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button