पछिल्लो २४ घण्टामा २३१ संक्रमित थपिए

गएको २४ घण्टामा २३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २५६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये २२० जना स्थानीय र ११ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२०,५७९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,२२८ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०५ रहेको छ र निको हुनेको संख्या १,१७,४९७ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४१ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४०८ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ४९ जना
आज सम्म जाँच भएको संख्या – ६,६७,९३६ जना
निको हुन बाँकीको संख्या : २,८७७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।