नवनियुक्त राजदूत ढकालले आजबाट पदभार सम्हाले

कतारका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर नरेश विक्रम ढकालले आजबाट नेपाली राजदूतावास दोहामा आफ्नो कार्यभार ग्रहण गर्नुभएको छ ।
आज अपरान्ह दूतावासमा आयोजित एक संक्षिप्त कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले दूतावासको सेवा प्रवाह र नेपाल -कतार द्विपक्षीय सम्बन्ध बारे जाानकारी गराउनु भएको थियो ।

राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै दूतावासको सेवाप्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो