कतार भिसा सेन्टर भोलि देखि खुल्ने

कोरोना संक्रमण रोकथामका लागि बन्द रहेको कतार भिसा सेन्टर भोलि देखि खुल्ने भएको छ ।
नेपाल र कतारबिचको हवाई उडान सुचारु हुने भएपछि काठमाडौंस्थित भिसा सेन्टर पनि खुल्ने भएको हो ।
भिसा सेन्टरमा जुन ७ र ८ मा दैनिक ५० जना र ९ देखि प्रत्येक दिन दुई सय जनाको काम हुनेछ ।
सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाइन्छ ।
यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम नेपालबाट पूरा हुन्छ जसका कारण नेपाली कामदारले कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउँदछन् ।