बिज्ञापन

बंगलादेशमा एक मस्जिदमा भएको आगलागीमा १३ जनाको मृत्यु

बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् ।

डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो । अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ ओटै एयर कन्डीसनरमा आगलागी भएको बताएका छन् ।

घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । एएनआई÷सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button