श्रीकृष्ण एक हप्ता देखि बेपत्ता

गएको फेब्रुवरी २४ देखि लमजुङ मध्यनेपाल नगरपालिका,वडा नम्बर ६,भोर्लेटार निवासी श्रीकृष्ण घिमिरे कतारमा बेपत्ता भएका छन्।केही महिना अघि मात्र कतार आएका घिमिरे सनैया स्थित आफ्नो क्याम्प बाट आफ्नो साथीभाई कसैलाई पनि केही नभनी सम्पर्क बिहीन बनेका छन्।उनले आफ्नो मोबाइल, पर्स, कतारी आईडी लगायत अन्य सामान समेत कोठामै छोडेका छन्।
नेभि (मिलाहा लजेस्टिक)मा कार्यरत घिमिरेलाई खोज्न केही दिन अघि प्रहरीमा रिपोर्ट गरे पनि हालसम्म उनको अत्तोपत्तो लागेको छैन।त्यस्तै उनलाई कतार पठाएको म्यानपावरले कतारस्थित नेपाली दूतावासमा खोज्नका लागि पत्राचार समेत गरिसकेको लमजुङ सेवा समाजका सचिव युवराज गुरुङले क्युएन खबरलाई जानकारी दिएका छन्।
यतिखेर उनको खोजीकार्य तिब्र बनाएको लमजुङ सेवा समाज,कतारले उनलाई भेट्ने महानुभावहरुले समाजका सदस्य वा शिव भक्त पौडेल(७०३०९२०७),उत्तम रेग्मी(६६१२५८०८) लाई सम्पर्क गरिदिन आग्रह गरेको छ।