टेबल टेनिस खेलाडी सेलिशाको निधन

काठमाडौं, कात्तिक २३-

टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए । उनका अनुसार ३० वर्षीया सेलिशाको शुक्रबार कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन् । यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button