फिफा फ्यान फेस्टिभलले भोलि परिक्षण कार्यक्रम गर्ने

कर्नेशको अल बिद्दा पार्कस्थित फिफा फ्यान फेस्टिभलले भोलि परिक्षण कार्यक्रम गर्ने भएको छ ।

विश्वकपको अन्तिम तयारीका लागि फेस्टिभलले भोलि नोभेम्बर १६ तारिक बेलुका ७ देखि १० बजे सम्म कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा स्थानीय डिजे र माइकल ज्याक्सनको ट्रिब्युट शो रहनेछ । कार्यक्रम राती १० बजे सम्म चल्नेछ र गेट ५ बजे खुल्ने जनाईएको छ ।

परिक्षण कार्यक्रममा अन्तर्राष्ट्रिय खाना सहित पिय पदार्थ पनि उपलब्ध हुनेछ ।

हय्या कार्ड हुने व्यक्तिलाई मात्र कार्यक्रममा प्रवेश दिइने फिफाले बताएको छ । कार्ड हुने व्यक्तिलाई कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्दैन ।

कसरी पुग्ने फिफा फ्यान फेस्टिभल ?

अल बिद्दा पार्कमा रहेको फिफा फ्यान फेस्टिभल पुग्न सबैभन्दा उत्तम उपाय मेट्राे रहेको छ । कार्यक्रम स्थल पुग्न रेड लाइनको मेट्राे चढेर कर्नेश स्टेशन झर्नुपर्नेछ । स्टेशन बाट कार्यक्रम स्थल एक मिनेटको दुरीमा रहेको छ ।

कर्नेश स्टेशन बाहिर निस्कनका लागि मात्र छुट्टाईएको कारण फर्कदा नजिकैको अल बिद्दा वा शुक स्टेशन बाट मेट्राे चढेर आफ्नो गन्तव्य पुग्न सकिनेछ ।

फिफा फ्यान फेस्टिभल १९ नोभेम्बर देखि आधिकारिक रुपमा शुरु हुनेछ । त्यहाँ विश्वकपको सम्पुर्ण खेलको प्रत्यक्ष प्रशारण गरिनेछ । त्यस्तै क्यल्भिन ह्यारिस(१० डिसेम्बर),नोरा फतेही(२९ नोभेम्बर) जस्ता विश्व प्रख्यात कलाकारले हरेक दिन प्रस्तुति दिनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
33
मनपर्‍यो
खुसी लाग्यो
107
खुसी लाग्यो
दुःख लाग्यो
23
दुःख लाग्यो
रुन मन लाग्यो
12
रुन मन लाग्यो
हाँसो लाग्यो
10
हाँसो लाग्यो
रीस उठ्यो
110
रीस उठ्यो
Back to top button