नेशनल डे कार्यक्रममा नेपाली सहभागी हुन पाउने

आउँदो महिना कतारमा हुन लागेको दस दिने राष्ट्रिय दिवस(नेशनल डे) को अवसरमा नेपालीले पनि सहभागिता जनाउन पाउने भएका छन्।
कतारको नेशनल डे कार्यक्रमको आयोजक कमिटी र नेपाली राजदूतावासको नेतृत्वमा डिसेम्बर १६ तारिख दोहा स्थित सौक वकिफ मा बेलुका ४ बजे देखि हुने सो अवसर अन्तर्गतको “फ्रेण्डशिप परेड” मा कतारको नेपाली समुदायले आफ्नो संस्कृति झल्कने भेष भुषाहरु सहित सांस्कृतिक झाँकी प्रदर्शन गर्न सकिने गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् (एनआरएनए,एनसीसी)कतारले केही दिन अघि सुचना प्रकाशित गर्दै जानकारी दिएको छ।
कार्यक्रममा सहभागिता जनाउँदा नेपाली कला संस्कृतिको प्रदर्शन भई पर्यटन विकासमा टेवा पुग्नुका साथै कतार नेपाल बीचको सम्बन्ध अझ प्रगाढ हुने भन्दै एनआरएनए कतारले नेपाली समुदायलाई सहभागी हुन अनुरोध समेत गरेको छ।
कार्यक्रममा सहभागी हुन आवश्यक मापदण्ड
१.एनआरएनए एनसीसी कतार मार्फत सहभागी हुन नाम दर्ता गराउन पर्ने।
२.नेपाली पोसाकमा उपस्थित हुनुपर्ने।
३.५० जना र्यालीमा र ५० जना सांस्कृतिक झाँकीहरुमा गरि जम्मा १०० जनाले मात्र भाग लिन पाउने।
४.महिला तथा बालबालिका गरी जम्मा १०/१० जना मात्र सहभागी हुन पाउने।बालबालिका भए अभिभावक अनिवार्य रुपमा उपस्थित हुन पर्ने।
५.सांस्कृतिक झाँकी समूहमा १० जना भन्दा बढी सहभागी हुन नपाउने।
कार्यक्रममा सहभागिताको लागि नाम दर्ता गराउन वा अन्य जानकारी लिन ५५८६८२१४ मा सम्पर्क गर्न सकिनेछ।
