अमिरले आज आईएएएफ विश्व च्याम्पियन्सको उद्घाटन गर्ने

अमिर शेख तमिम बिन हमाद अल थानीले आज आईएएएफ विश्व च्याम्पियन्सको उद्घाटन गर्नुहुने भएको छ ।
कतारले आज बाट आयोजना गर्ने आईएएएफ विश्व च्याम्पियन्सको १७ औं संस्करणको उद्घाटन बेलुका कर्नेशमा हुँदैछ । विश्वको ध्यान तानेको यस प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ६ सम्म खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ । १० दिन सम्म महिला र पुरुष तर्फ बिभिन्न २४ बिधामा हुने यस प्रतियोगिता पहिलो पटक रातको समयमा हुन लागेको हो ।
प्रतियोगिताका लागि दोहाले २०५ राष्ट्रका ३५०० खेलाडी , १०००० पाहुना , दर्शक र २००० मिडियाकर्मीलाई स्वागत गर्दैछ । विश्वको तेश्रो ठूलो मानिने यस प्रतियोगिता २०० बढी राष्ट्रमा लाइभ प्रसारण पनि गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो