यू-१९ महिला विश्वकप छनोटः नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य, पूजाको शतक

काठमाडौं,कात्तिक २७-

यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । यूएईस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरेकी हुन् । पूजाले प्रहार गरेको शतक प्रतियोगिताको नै पहिलो शतक पनि हो । यू–१९ एसिया छनोटको दोस्रो संस्करणमा पूजाले शतक प्रहार गरेकी हुन् ।

यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर ९९ थियो । गत आइतबार भएको खेलमा यूएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिइन् । गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक प्रहार गरेकी थिइन् । सो खेलमा रुबिनाले ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

जुन महिला खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन पनि थियो । जसलाई पूजाको रनले पछि पारेको छ । यू–१९ महिला क्रिकेटमा भने पुजाको शतक नै पहिलो शतक हो । महिला टोलीले अन्तर्राष्ट्रिय खेलमा बनाएको यो दोस्रो शतक पनि हो । सोनी पाख्रीनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाइन् । सोनीले ३३ बलमा २ छक्का प्रहार गरेकी थिइन् । साना प्रविनले ६ रन बनाइन् । कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले १–१ विकेट लिइन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button