नेपाल जाने अर्को उडान जुलाई २ तारिक हुने

कतार बाट नेपाल फर्कने अर्को उडान जुलाई २ तारिकका लागि तय भएको कतारस्थित नेपाली दूतावासले बताएको छ ।
नेपाल एयरलाइन्स बाट हुने सो उडानमा सोही एयरलाइन्सको जुन २०, २८, २९ र ३० तारिक विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरु पनि जान पाउने दूतावासले आज एक सूचनामा भनेको छ । दूतावासले उक्त उडानको सम्भावित यात्रुुहरुको सुची भने प्रकाशित गर्न बाँकी छ ।
कहाँ सम्पर्क गर्ने ?
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeezऽ Mob +974 70665648
Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com
एह्तेराज एप अनिवार्य
नेपाल जानको लागि पिसिआर नतिजाको सर्टिफिकेट नचाहिने तर एह्तेराज एपमा हरियो कोड भने अनिवार्य रहेको दूतावासले जनाएको छ ।
कम्पनीले भागेको रिपोर्ट दर्ता गरेको भए के गर्ने ?
कम्पनीले कामदार भागेको मुद्दा हालेको छ भने दूतावासको सुचिमा नाम आएकाले टिकट खरिद गरेर सर्च एन्ड फलो अप डिपार्टमेन्टमा गई छाप लगाएर आए मात्र नेपाल फर्कन पाउनेछन् ।