अमिर र साउदी राजकुमार बीच फोन वार्ता सम्पन्न

जुन ५ देखि सुरु भएको नाकाबन्दी पश्चात पहिलो पटक कतारका अमिर शेख तमिम बिन हमद अल थानी  र साउदी अरेबियाको राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल साउद बीच हिजो फोन वार्ता भएको छ।

दुई देशका प्रमुख बीच भएको कुराकानी तीन महिना अघि देखिको नाकाबन्दी पछिको पहिलो आधिकारिक सम्पर्क हो।कुराकानीमा दुबै पक्ष बीच सम्बन्ध सुधार्ने पक्षमा इच्छा जाहेर भएको सञ्चार माध्यमहरूले जनाएका छन्।

फोन वार्तालाप कुवेती अमिर शेख साबह एल अहमद अल जबर अल सबह ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगको भेटघाट पछिको एक दिन पश्चात भएको हो।उक्त भेटघाटमा राष्ट्रपति ट्रम्प ले पनि सबै पक्ष सँगको समझदारीमा खाडी समस्या सुल्झाउन आफू इच्छुक रहेको बताएका थिए।

त्यसपछि राष्ट्रपति ट्रम्पले कतारका अमिर संग फोनमा कुराकानी गर्दै पछिल्लो खाडी समस्या बारे जानकारी लिनुका साथै साउदी प्रमुख छिमेकी राष्ट्रहरूको धारणा पनि ट्रम्पले अमिर समक्ष विस्तृत गरेका थिए।

त्यसलगत्तै राष्ट्रपति ट्रम्प को समन्वयमा दुई खाडी राष्ट्र कतार साउदी अरेबिया बीच टेलिफोन वार्ता भएको कतार न्यूज एजेन्सीले जानकारी दिएको छ।वार्तामा कुनै देशको सार्वभौसत्तामाथि आँच नपुग्ने गरि खाडी एकताका निम्ति कतार वार्ताका लागि तयार रहेको आजको गल्फ टाइम्समा समाचार छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button