लुसेल सेन्टरमा बुस्टर डाेज खोप पनि लगाइने
लुसेल ड्राईभ थ्रु सेन्टरमा बुस्टर डाेज खोप पनि लगाइने भएको छ ।
यसअघि पिसिआर परिक्षण मात्र गर्दै आएको सेन्टरले आज जनवरी २६ देखि बुस्टर डाेज वितरण गर्न लागेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
सेन्टरमा बुस्टर डाेज खोप मात्र वितरण हुनेछ ।
जम्मा १० लेन रहेको सेन्टरमा ६ लेन खोप वितरण र ४ लेन पिसिआर परिक्षणका लागि छुट्टयाइएको छ । खोप लगाउन अपोइन्टमेन्टको एसएमएस आवश्यक पर्ने र आफ्नै सवारीमा जानुपर्ने मन्त्रालयले बताएको छ । लुसेल सेन्टर बिहान ८ देखि राति १० बजे सन्चालनमा रहनेछ ।
One Comment