अप्रिल १४ तारिक दूतावास बन्द रहने

नेपालको नयाँ वर्ष २०७८ सालको अवसरमा कतारस्थित नेपाली दूतावास बन्द हुने भएको छ । दूतावासले एक सूचना प्रकाशित गर्दै अप्रिल १४ तारिक ,बुधबारका दिन दूतावास बन्द रहने जनाएको हो ।
त्यस्तै अप्रिल १५ देखि दूतावास पूर्ववतरुपमा संचालन आउने दूतावासले बताएको छ । नयाँ वर्षकै उपलक्ष्यमा कतारमा रहेका सम्पुर्ण नेपालीमा दूतावासले शुभकामना समेत व्यक्त गरेको छ ।
साथै कोभिड-१९ नियन्त्रणका लागि कतार सरकारले सुरु गरेको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि नियमलाई पूर्णरुपमा पालना गर्न दूतावासले सबैलाई आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो