टिल्टेड इन्टरचेन्जको सुरुङमार्ग खुल्यो

कतारको सार्वजनिक कार्य विभाग अश्घालले टिल्टेड इन्टरचेन्जको सुरुङमार्ग संचालनमा ल्याएको छ । खलिफा एभेन्यु योजना अन्तर्गतको अल रेयान देखि अल घराफा तर्फको यस २.७ किलोमिटर सुरुङमार्ग हिजो देखि संचालनमा आएको हो ।
#Ashghal opened Sunday 8 September 2019 the 2.7 km Tilted I/C Tunnel to traffic coming from Al Rayyan towards Al Gharrafa, part of Khalifa Avenue project. The tunnel became available to the public now in both directions after one direction was opened last Sunday pic.twitter.com/Laq7BervQ9
— هيئة الأشغال العامة (@AshghalQatar) September 8, 2019
अहिले सुरुङमार्गको दुबै तर्फको लेन खुला गरिएको छ । यसअघि एकतर्फी लेन यसै महिनाको सुरु बाट संचालन भएको थियो । दुहेल , घराफा र अल रेयान बीचको ट्राफिकमा सुरुङमार्गले राहात दिने विश्वास गरिएको छ । त्यस्तै सिद्रा अस्पताल , कतार फाउन्डेसन र कतार राष्ट्रिय पुस्तकालय कम समयमा पुग्न यसै रोड बाट फाइदा हुनेछ ।