कतारमा चार वर्षपछि नेपाली राजदुत

 

झन्डै चार वर्षको अवधि पछि कतारमा नेपालीहरुले नयाँ राजदुत पाएका छन । प्रो. रमेश प्रसाद कोइराला आफ्नो कार्यकाल सम्हाल्न केही दिन अगाडी नै कतार आउनुभएको थियो । उहाँले बुधबार कतारको राज्य तथा परराष्ट्र मामिला मन्त्री संग भेटघाट गरि आफ्नो प्रमाणत्र पेश गर्नुभएको थियो ।

करिब ३,५०००० (कतारको १३.५ प्रतिशत) जनसंख्या ओगटेको नेपाली समुदायको प्रतिनिधित्व गर्ने राजदुत पाउँदा यतिखेर सबैजना आशावादी रहेका छन । त्यस्तै उहाँ बाट नेपाली श्रमिकहरुको हक हित तथा समस्या प्रति सदैव क्रियाशिल रहनुहुनेछ भन्ने सकारात्मक सोच पनि राखिएको छ । हिजो गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्बय परिषद कतारको समन्बयमा कतारमा स्थापित ५८ संघ-संस्थाको संयुक्त आयोजनामा राजदुत प्रो. रमेश प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भेटभाट तथा स्वागत कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा कतारमा पनि एक नेपाली विधालय र सांस्कृतिक केन्द्र स्थापना हुनपर्ने विभिन्न संघ संस्थाका प्रतिनिधित्वहरुबाट जोड दिइएको थियो ।

कोइराला भन्दा यसअघि डा.माया देवी शर्माले नेपाली राजदुतको पद सम्हाल्नु भएको थियो । विविसी को एक अन्र्तवार्तामा उहाँले “कतार एक खुल्ला जेल” भन्ने तर्क दिनुभएपछि उहाँ निकै नै विवादमा पर्नुभएको थियो । पछि उहाँलाई नेपाल सरकारले २०१३ मा स्वदेश फिर्ता बोलाएको थियो । त्यसपछि केही कार्यवाहक राजदुत का साथ नेपाली दुतावास चल्दै आएको थियो ।

 

२५६१औं बुद्ध जयन्ती मनाइयो

त्यस्तै हिजो नेपाली दुतावासको प्राङ्गणमै नयाँ राजदुत कोइरालाको प्रमुख अतिथ्यतामा नै २५६१ ऋौ बुद्ध जयन्ति पनि मनाइयो । कार्यक्रम पुजापाठ तथा जलपान कार्यक्रम बिच समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button