१ रियाल बराबर नेपाली ३४ रुपैयाँ नाघ्यो

कतारी १ रियाल बराबर नेपाली ३४ रुपैयाँ पुगेको छ ।

डलरकाे भाउ केही समययता निरन्तर बढिरहेकाले नेपाली रुपैयाँ कमजोर बनेको छ । इतिहासमै नेपाली रुपैयाँ यति कमजोर बनेको यो पहिलोपटक हो ।

रुस उक्रेन युद्धको कारण पनि डलरको भाउ बढ्नुको मुख्य कारण मानिएको छ ।

नेपाली रुपैयाँ कमजोर बन्नुको कारण के हो ?

नेपालमा डलरमा हुने उतारचढाव भारतीय रुपैयाँसँग भरपर्दछ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर हुने भएकाले भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ अवमूल्यन हुन्छ ।

भारतीय रुपैयाँ बलियो बन्यो भने नेपाली रुपैयाँको क्रयशक्ति पनि बढछ । यसको असर नेपाली अर्थतन्त्रमा समेत पर्छ । नेपालमा खासगरी आयात–निर्यात, रेमिट्यान्स, पर्यटन क्षेत्र, सरकारी ऋण, विदेशमा पढ्न जाने, घुम्न जानेहरुलाई डलरमा हुने परिवर्तनले असर पारेको हुन्छ ।

नेपालको अर्थतन्त्रको प्रकृति अनुसार डलरको भाउ बढदा फाइदा भन्दा बेफाइदा बढि नै हुन्छ । नेपालीले उपभोग गर्ने अधिकांश वस्तु आयात गर्नुपर्ने हुन्छ । जसले गर्दा डलरको भाउ बढदा आयात गर्ने वस्तुमा बढि नेपाली रुपैयाँ खर्च हुन जान्छ । तेल, सुन, सवारी साधन लगायत अनिवार्य आयात गर्नुपर्ने वस्तुहरुमा मात्रै खर्बौ रुपैयाँ बाहिरिन्छ । त्यसैले डलरको भाउमा बृद्धि हुँदा नेपाली अर्थतन्त्रमा सिधा असर पारेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button