एह्तेराज एपमा नयाँ अपडेट

एह्तेराज एपले केहि नयाँ सुविधाहरुले अपडेट गरेको छ ।
हेल्थ कार्ड नम्बर, पछिल्लो कोभिड -१९ परिक्षण,भाइरस पुष्टि भएको मिति,त्यस यताको दिन र निको भएको मिति एपमा थप गरिएको स्वास्थ्य मन्त्रालयले आफ्नो सामाजिक सन्जालमा मार्फत जानकारी दिएको छ । तर हालसम्म परिक्षण नभएको व्यक्तिको भने हेल्थ कार्ड नम्बर देखिने छैन ।
त्यस्तै आफ्नो स्वास्थ्य अनुसारको रङ्ग कोड यथावत रहेको र पूरा खोप लगाएको व्यक्तिको कोडमा गोल्डेन फ्रेम आउनेछ ।