बिज्ञापन

बजारमा विषादी अण्डा छैन : स्वास्थ्य मन्त्रालय

युरोपबाट विश्वभर फैलिरहेको “फिप्रोनिल” नामक विषादी मिसिएको अण्डाको आतंक कतारको स्थानिय बजारमा नरहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ।

फिप्रोनिल विषादी विषेशगरी जनावरको उपियाँ, किर्ना,जुम्रा लगायतका किराहरू मार्न प्रयोग गरिन्छ।यो खाद्य वस्तुहरूमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचवो) ले प्रतिबन्ध लगाईसकेको छ।यसको लगातार प्रयोग गर्नाले मानिसको फोक्सो,मिर्गौला तथा ग्रन्थीहरु कामै नलाग्ने अवस्था सम्म पुग्न सक्दछ।

बिहीबार मन्त्रालयले जारी गरेको वक्तव्यमा कतारले विषादीयुक्त अण्डा बिक्री गरिरहेको देश बाट आयात नगरेको जानकारी दिएको छ।साथै यस विषयमा मन्त्रालय उच्च सतर्कतामा रहेको छ।

जारी वक्तव्यमा कतारले गएको मे देखि जुलाई महिना सम्म ६ अरब,३ युरोपियन र एक पूर्वी एसिया राष्ट्रबाट करिब १,५५०,९२०के.जी अण्डा आयात गरेको थियो।साथै आयात गरिएको अण्डा मन्त्रालयको राष्ट्रिय खाद्य प्रयोगशालाको निगरानीमा परीक्षण पश्चात मात्र बिक्रीको लागि बजारमा पठाउने गरिन्छ।

आइएसवो १७०२५:२००५ मान्यता प्राप्त कतारको राष्ट्रिय प्रयोगशाला विश्वकै उत्कृष्ट १५ मा पर्दछ। खाद्य वस्तुमा प्रयोग हुने सानो मात्राको विषादीको अवशेष पनि पत्ता लगाउने क्षमता यहाँ रहेको वक्तव्यमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button