ब्रिटिस आर्मीमा अब देखी नेपाली महिला पनि

दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । 

सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो । 

लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् । 

आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गरे सन् २०२० सम्म बेलायतमा इन्फेन्ट्री तालिमका लागि आउनसक्ने अपेक्षा गरिएको छ । 

सण्डे टाइम्सका अनुसार अहिले ब्रिगेड अफ गोर्खाजमा तीन हजार गोर्खा सैनिक कार्यरत छन् । महिला भर्तीपछि यो संख्या तीन हजार ८ सय पुग्ने अनुमान गरेको खबर आजको कान्तिपुरले पहिलो पृष्ठमा  समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button