कतार अमेरिकासंग पराजित

अमेरिकामा जारी कोन्काकाफ गोल्ड कप प्रतियोगिताको सेमिफाइनल खेलमा कतारले हार बेहोरेको छ ।
आज बिहान भएको खेलमा कतार अमेरिका संग १-० को गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा आफ्नै पक्षमा पारेको कतारले थुप्रै मौकाको सदुपयोग गर्न सकेन । खेलको ६० औं मिनेटमा कतारले पाएको पेनाल्टीलाई हस्स्न हेडाेसले खेर फालेका थिए ।
अमेरिकाको जितको लागि खेलको ८६ औं मिनेटमा जर्देशले गोल गरेका थिए । आजको खेल संगै कतार प्रतियोगिता बाट बाहिरिएको छ । आयोजक अमेरिकाले भने फाइनलमा मेक्सिकोसंग सोमबार फाइनलमा खेल्नेछ।