बिज्ञापन

गायिका विष्णु माझीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गर्न लागेकी हुन् ।

प्रबल जनसेवाश्री पदवीबाट लोक गायिका विष्णु माझीलाई सम्मान गरिने भएको छ । गायिका माझीले अहिलेसम्म गुमनाम जीवन बाँचिरहेकी छन् ।

माझीका सयौं हिट गीत भएपनि उनी अहिलेसम्म सार्वजनिक रुपमा देखिएकी छैनन् । उनी गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । उनी । उनले अहिलेसम्म देश-विदेशका कुनै पनि मेला-महोत्सवमा प्रस्तुत दिएकी छैनन् ।

पछिल्लो समय तीज विशेष ‘चरी जेलैमा’ बाेलकाे गीत सार्वजनिक भएपछि उनकाे धेरै खाेजि भयाे । गीतले उनको निजी जीवन सार्वजनिक हुनुपर्छ भन्दै बहस चल्यो । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क दिए ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गर्यो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली गायिका माझीको माइतीघर चापाकोट पनि पुग्यो, तर उनी भेटिएनन् ।

२०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । त्यो बेला माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button