बिज्ञापन

आइएमईले ल्यायो डबलको डबलको डबल अफर

आइएमईले दशैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ गतेसम्म कायम हुने गरी उक्त अफर सार्वजनिक गरेको हो ।

अफर अनुसार, विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिन्छ। जस अन्तर्गत, हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महीना दुई जनालाई पठाएको रकमको डबलको डबल (चौगुणा) उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।

उक्त रकम आइएमई–पेमा प्राप्त गर्दा २०० रुपैयाँ थप बोनस समेत पाइन्छ। अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमई प्रति आम सेवाग्राहीले देखाएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले समय–समयमा ल्याइने यस्ता अफरले कम्पनी र सेवाग्राहीबीचको सम्बन्धलाई अझै मजबूत बनाउने विश्वास व्यक्त गरे।

आइएमईका महाप्रबन्धकद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलले अफरलाई आम सेवाग्राहीको पहुँचसम्म पुर्‍याउन व्यावसायिक साझेदारको महत्त्वपूर्ण भूमिका हुने धारणा राखेका थिए ।

त्यस्तै, आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले सञ्चालन गरेको भरोसा कोषको प्रशंसा समेत गरे।

अफरका विजेता छनोटका लागि ‘लक्की ड्र’ गरिनेछ। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैनन्। सेवाग्राहीले रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना अवधिभर सुरक्षित राख्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button