केही स्थानमा मास्क अनिवार्य लगाउन नपर्ने

कतारमा कोरोनाभाइरसको अवस्था कम हुँदै गएसंगै मन्त्रिपरिषदको आज बसेको नियमित बैठकले प्रतिवन्ध थप खुकुलो गर्ने निर्णय गरेको छ ।
निर्णय अनुसार केहि स्थानमा मास्क अनिवार्य लगाउन नपर्ने भएको छ । सार्वजनिक कार्यक्रम,मार्केट,समारोह,मस्जिद,विद्यालय,अस्पताल लगायत सार्वजनिक भित्रि स्थानहरुमा बाहेक अन्य स्थानमा मास्क अनिवार्य नपर्ने निर्णयमा उल्लेख गरिएको छ । यो नियम आउने अक्टोबर ३ देखि लागू हुनेछ ।
समग्रमा आज भएको अन्य निर्णयहरु :
मल तथा शुकहरुमा एकै स्थानमा धेरै भिडभाड नहुने गरि हप्ताको सातै दिन पूर्ण क्षमतामा संचालन गर्न पाउने ।
फुड कोर्टहरु ५०% क्षमतामा संचालन गर्न पाउने र सबै प्रार्थना क्षेत्र र फिटिंग कोठा खोल्न पाउने ।
सबै संग्रहालयहरु र सार्वजनिक पुस्तकालय पूर्ण क्षमतामा संचालन गर्न पाउने।
सरकारी र निजी क्षेत्रका कर्मचारीहरु पूर्ण क्षमतामा आफ्नो कार्यस्थलमा फर्कन पाउने । खोप नलगाएका कर्मचारी र कामदारहरुको र्यापिड परीक्षण गर्नुपर्ने ।
कतार क्लिन सर्टिफिकेट पाएका बाहिरी स्थानमा भएका रेस्टुरेन्ट र क्याफेहरु पूर्ण क्षमतामा संचालन गर्न पाउने। सर्टिफिकेट नभएकाहरु आधा क्षमतामा संचालन गर्न पाउने ।
कतार क्लिन सर्टिफिकेट पाएका भित्रि स्थानमा भएका रेस्टुरेन्ट र क्याफेहरु ७५ प्रतिशत क्षमतामा संचालन गर्न पाउने। सर्टिफिकेट नभएकाहरु ४० प्रतिशत क्षमतामा संचालन गर्न पाउने ।
सबै रेस्टुरेन्ट र क्याफे कामदारहरुले अनिवार्य खोप लगाएको हुनुपर्ने ।