पिसिआर परिक्षणको शुल्क घट्याे

कतार सरकारले कोभिड-१९ का लागि गरिने पिसिआर परिक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य मन्त्रालयले अक्टोबर ६ देखि लागू हुनेगरी आज जारी गरेको परिमार्जित यात्रा नीति अनुसार अब पिसिआर परिक्षणको शुल्क १६० रियाल मात्र लाग्नेछ ।
यसअघि उक्त परिक्षणको शुल्क तीन सय रियाल थियो । यद्यपि निजि अस्पतालले सरकारले तोकेको भन्दा कम शुल्कमा परिक्षण गर्दै आइरहेको थियो ।
त्यस्तै र्यापीड एन्टिजेन र सेरोलोजी एन्टिबडी परिक्षणको शुल्क पनि ५०/५० रियाल तोकिएको छ ।
सरकारले शर्त अनुसार मान्यता दिएको खोप लगाएका यात्रुले कतार आउनुअघी र आइसकेपछि सेरोलोजी एन्टिबडी परिक्षण गर्नुपर्नेछ ।
सिनोफार्म,सिनोभ्याक र स्पुतनिक भि खोप कतार सरकारले शर्त अनुसार मान्यता दिएको खोप हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो