एह्तेराज एप अब अन्तर्राष्ट्रिय सिम बाट पनि सुचारू गर्न सकिने

एह्तेराज एप अब अन्तर्राष्ट्रिय सिम बाट पनि सुचारू गर्न सकिने भएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयले अक्टोबर ६ देखि लागू हुनेगरी जारी गरेको परिमार्जित यात्रा नीति नियम अनुसार एप अन्य देशको सिम कार्ड बाट पनि एक्टभेट गर्न सकिने भएको हो ।
यसअघि एप कतारी सिम कार्ड बाट मात्र सुचारू गर्न सकिन्थ्यो ।
मन्त्रालयको अनुसार हवाई तथा स्थल मार्ग भएर कतार फर्कने सबै यात्रुले कतार आइसकेपछी अनिवार्य रुपमा एह्तेराज एप एक्टिभेट गरेको हुनुपर्नेछ । हमाद विमानस्थल र अबु सम्रा पोर्टमा मोबाइल र सिम कार्ड खरिद गर्न पनि सकिनेछ ।
कूटनीतिज्ञ, प्रशासनिक कार्ड होल्डर र औपचारिक भ्रमणमा आउने भिआईपी लाई एपको आवश्यक पर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
1
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो