६ घण्टा पछि खुल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

मुख्य सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप ,इन्स्टाग्राम र फेसबुक मेसेन्जरको सर्भर ६ घन्टाको अवरोध पछि खुलेको छ । कतार लगायत विश्वभर यी प्लेटफर्ममा समस्या आएको डाउन डिटेक्टर डट कमले बताएको छ ।
फेसबुक मेसेन्जर र ह्वाट्सएपबाट म्यासेज आदानप्रदान बन्द भएको पछि सामाजिक सन्जालका प्रयोगकर्ताले ट्विटर मार्फत समस्या पोखिरहेका थिए ।
यता फेसबुकले बाहिरी पक्ष बाट ह्याक नभई आन्तरिक समस्याका कारण समस्या आईपरेको बताएको छ । फेसबुकले नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो