कोरोना अपडेट : आज थप एक जनाको ज्यान गयो

गत चौबिस घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस संक्रमण, एक जनाको ज्यान गएको र ९० जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४२ जना स्थानिय र ३६ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,३७,२२५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २३,४४२ जनालाई परिक्षण गरिएको थियो । भाइरसको कारण आज एक ६८ वर्षीय व्यक्तिको ज्यान गएको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

हालसम्म जाँच भएको संख्या : २७,०४,९२१ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ३९ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – १३ जना

निको हुनेको संख्या : २,३५,५९६

आज सम्म खोप वितरण : ४७,४८,७५३

आजको खोप वितरण : ४,६९५

निको हुन बाँकीको संख्या : १,०२२

ज्यान जानेको संख्या : ६०७ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button