राजकुमारी शेखा आस्मा अल थानीले गरिन धौलागिरि हिमालको सफल आरोहण

कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको सातौँ अग्लो धौलागिरि हिमालको आरोहण गरेकी छिन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल शुक्रबार आरोहण गरेकी शेखा अल थानीले गएको महिना मात्र मनास्लु हिमालको पनि बिना अक्सिजन सफल आरोहण गरेकी थिइन् ।
उनलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले गाइड गरेका थिए । यसअघि गत वसन्त ऋतुमा राजकुमारी अल थानी एक्स्प्लोरर ग्रान्ड स्लाम अर्थात विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि नेपाल पुगेकी थिइन् ।
यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो