मास्क नलगाउने ११८ जना कारबाहीमा परे

मास्क नलगाउने ११८ जना कारबाहीमा परेका छन् ।
आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ११८ जनालाई कारबाही गरेको बताएको छ । सरकारले खुला स्थानमा मास्क लगाउन नपर्ने नियम ल्याएपनि भिडभाड हुने सार्वजनिक स्थलामा मास्क अझै अनिवार्य रहेको छ ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले आज जम्मा ११८ जनालाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।