एनआरएनए कतारले बीस हजार थान सेनिटाइजर वितरण गर्यो

गैरआवासीय नेपाली संघ कतारले बीस हजार थान सेनिटाइजर नेपाली समुदायलाई वितरण गरेको छ ।

संघले कतार च्यारिटी मार्फत प्राप्त १०० र ५०० मिली बोत्तलको सेनिटाइजर अलत्तिया, ग्रान्ड मल, सहानिया, उम सलाल , कर्नेश, अलखोर लगाएतका ठाँउमा पुगेर  नेपालीलाई वितरण गरेको हो ।

एनएआरएनले ग्रान्ड मलमा नेपाली समुदायलाई सेनिटाइजर वितरण गर्दै ।

कतारमा कोरोना महामारीको सुरुवात देखि नै कतार सरकारका विभिन्न निकाएको सहयोगमा संघले नेपाली समुदायलाई स्वास्थ्य सामग्री तथा खाधान्न वितरण गर्दै आइरहेको छ । गैर अवासायी नेपाली संघ कतार सदैव नेपाली मजदुरको हितमा काम गर्न तयार रहेको र  समस्यामा परे सम्पर्क गर्न संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आग्रह गर्दै आउनु भएको छ ।

खाध्यान्न तथा स्वास्थ्य समाग्री नेपाली समुदायसम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेको नेपाली दूतावास , एनआरएनए अभियानता, कतारमा स्थापित संघ संस्था र स्वयंसेवकलाई संघले धन्यवाद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button