अमिरबाट दुई महिला सहित १५ मन्त्री नियुक्त
अमिर शेख तमिम बिन हमाद अल थानीको निर्णयमा १५ मन्त्रीहरुको नियुक्ति तथा पद फेरबदल भएको छ ।
देशको राजपत्रमा प्रकाशित भएको दिन देखि मान्यता हुनेगरि आज भएको नियुक्तिमा दुई महिलाको नाम पनि आएको छ । कतारको मन्त्रीपरिषदमा हाल एक मात्र महिला समावेश थियो ।

कतारमा दुई हप्ता अघि भएको एतिहासिक शुरा काउन्सिलको मतदानबाट बाँकि ३० जना उम्मेदवार घोषित भैसकेको छ ।
नव नियुक्त मन्त्रीहरुले आजै अमिरको उपस्थितिमा अमिरी दिवानको कार्यालयमा सपथ लिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो