अल थुमामा रंगशाला वरपरको केहि रोड बन्द हुने

अमिर कप फाइनलको लागि अल थुमामा रंगशाला वरपरको केहि रोड बन्द हुने भएको छ ।
ट्राफिक विभागको अनुसार भोलि २० अक्टोबर बुधबार देखि शुक्रबार अक्टोबर २२ राति सम्म त्यस वरपरको केहि रोड पूर्णरुपमा बन्द हुनेछ । सार्वजनिक सूचना विभागले यस सम्बन्धमा एसएमएस मार्फत पनि जानकारी दिइरहेको छ ।

आउने शुक्रबार ४९ औं अमिर कपको समापन समारोह संगै विश्वकप २०२२ प्रतियोगिताको लागि तयार भएको छैठो अल थुमामा रंगशालाको पनि उद्घाटन हुन गैरहेको छ । प्रतियोगिता हेर्न टिकट खरिद संगै फ्यान आईडी समेत अनिवार्य बनाउनुपर्नेछ ।