नेपाल फर्किए राजदूत भारद्वाज

कतारका लागि नेपाली राजदूत डाक्टर नारदनाथ भारद्वाज आफ्नो कार्यकाल पुरा गरी हिजो नेपाल फर्कनुभएको छ ।
दुई वर्षे कार्यकाल सकाएर फर्कनुभएका राजदूत भारद्वाजलाई दूतावासको तर्फबाट गएको सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी बिदाई गरिएको थियो। उक्त कार्यक्रममा नियोग उपप्रमुख लक्ष्मण खनाल तथा अन्य कूटनीतिक एवम स्थानीय कर्मचारीहरुले वहाँको आगामी जीवनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
अघिल्लो ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णयसंगै राजदूत भारद्वाजको कार्यकाल सकिएको थियो ।