स्वास्थ्य बीमा अनिवार्य चाहिने

कतारमा सबै आप्रवासी नागरिकको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्ने नियम आउने भएको छ।
यस नियम अन्तर्गत घरेलु कामदार सहित अन्य क्षेत्रका कामदार तथा कर्मचारी समावेश हुनेछन् र उनिहरुको आधारभूत स्वास्थ्य बीमा रोजगारदाताले गरिदिनुपर्नेछ । त्यस्तै पारिवारिक भिसामा आउने व्यक्तिको समेत बीमा हुनुपर्नेछ ।
अनिवार्य स्वास्थ्य बीमाको नियम अबको ६ महिना भित्रमा लागू हुनेछ ।
बीमा प्रणालीको नियमले बिरामीको उपचार विशेष अस्पताल वा प्राथमिक हेरचाह केन्द्रहरुमा निर्धारित हुने हुँदा सही बिरामीले सही ठाउँमा सही उपचार पाउने स्वास्थ्य मन्त्रालयका सल्लाहकार खलिद अल मुगैसिबले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो