कर्नेशमा मेला लाग्ने

फिफा अरब कप २०२१ प्रतियोगिताको दर्शक र स्थानियको मनोरञ्जनका लागि दोहाको कर्नेश रोडमा मेला लाग्ने भएको छ ।

आयोजकको अनुसार कर्नेश रोड वरपर कतार इन्टरनेशनल फूड फेस्टिभल लगायत अन्य विभिन्न कार्यक्रम आयोजना गर्ने तय भएको छ । फेस्टिभल अल बिद्दा पार्कमा पनि आयोजना हुनेछ ।

कर्नेश रोडमा नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म जम्मा ८ दिन र अल बिद्दा पार्कमा नोभेम्बर २६ देखि डिसेम्बर १७ सम्म फेस्टिभल आयोजना हुनेछ । शुक्रबार र शनिबार दिउँसो ३ देखि बिहान १ र अन्य दिन दिउँसो ३ देखि राती ११ बजे सम्म हुने मेलामा १२ फूड ट्रक, १४५ फूड स्टल, हट एयर बेलुन, संगीत र आतिशबाजी समावेश हुनेछ ।

मेला अवधिभर आठ अन्तरक्रियात्मक जडान , एउटा म्युजिकल वाटर शो र सबैभन्दा ठूलो स्मारक एलईडी पनि देख्न पाइनेछ ।

फुड स्टल

सवारीलाई रोक

नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म कर्नेश रोडमा निजि सवारीलाई पुर्णरुपमा रोक लगाईएको छ । तर दोहा मेट्राे र कर्वा बसबाट भने उक्त रोड हुँदै यात्रा गर्न सकिनेछ ।

कर्नेश रोडमा ठुला सवारीलाई बिहान ६ देखि ८:३० , १२ देखि ३ र ५ देखि १० बजे सम्म रोक लगाईएको छ । त्यस्तै ट्रकलाई प्रतियोगिताभर बिहान १ देखि ५ बजे बाहेक अन्य समयमा रंगशाला वरपर रोक लगाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button