फिफा विश्वकपमा छनौट भएका देशको झन्डा राख्न सुरु

कतारमा आउने वर्ष आयोजना हुने फिफा विश्वकप प्रतियोगितामा छनौट भएका राष्ट्रको झन्डा राख्न सुरु गरिएको छ ।
सुपृम कमिटी फर डेलिभरी एन्ड लिगेसी एससीको आयोजनामा राजधानी दोहाको कर्नेश रोडमा प्रतियोगिताका लागि छनौट भएका ती देशहरुको झन्डा राखिएको हो । कमिटीका सिईओ नासेर अल खतेर र सचिव हस्सन अल थवाडीले उक्त कार्यक्रममा ती देशका राजदूतलाई स्वागत गरेका थिए ।
फिफा विश्वकप २०२२ का लागि हालसम्म आयोजक कतार , ब्राजिल , सर्बिया , जर्मनी , फ्रान्स र डेन्मार्क छनौट भैसकेको छ ।
One Comment