बिज्ञापन

नेपाल र कतारबिचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु

नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको तीन दिवसीय टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु भएको छ । 

पहिलो खेल आज दिउँसो १ बजे एसियन टाउनस्थित वेष्ट इन्ड पार्क रङ्गशालामा सुरु भैरहेको छ ।  । कोरोना महामारीका कारण प्रतियोगिताबाट वञ्चित भएको नेपाली महिला टोलीले २३ महिनापछि आज क्रिकेट श्रृङ्खला खेल्दैछ ।

आईसीसी वुमन्स टी–२० विश्व कप अन्तर्गत एसिया छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टोलीले कतारसँग ३ वटा टी–२० खेलको श्रृङ्खला खेल्न लागेको हो ।

कतारसँग भोलि दोस्रो र पर्सि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ।

छनोटको पहिलो खेलमा नेपालले मंसिर ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्।

समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button