बिज्ञापन

आज देखि नेपालको पनि ‘ई–पासपोर्ट’

काठमाडौं–  नेपाल सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले  दिउँसो २ बजे ई–पासपोर्ट सार्वजनिक गर्ने भएका छन् । सोही कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिने छ ।

ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओ ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट एमआरपी जारी गरिरहेको छ । अब ई–पासपोर्ट वितरण सुरु हुने बताइएको छ । विभागले मंसिर १ गते अर्थात १७ नोभेम्बर देखी आंशिक रुपमा शुरु हुने ई–पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको छ । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।

ई पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्वीरहरू राखिएका छन् ।

६४ पृष्ठको ई–पासपोर्टको पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
27
मनपर्‍यो
खुसी लाग्यो
19
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
6
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन

One Comment

  1. अब Qatar मा पासपोर्ट को म्याद थप्दा e पासपोर्ट पाइन्छ त?

Back to top button