कतारमा ६ लाख बढी रुख रोपियो

कतारमा ६ लाख रुप रोपिएको छ ।
अमिर शेख तमिम बिन हमाद अल थानीले आज बिहान कतार संग्रहालय अन्तर्गतको बाल संग्रहालय “दादु” परियोजनाको उद्घाटन गर्दै ६ लाख रुख रोपिएको घोषणा गर्नुभएको छ । उद्घाटन समारोहमा अमिरले सिद्रा नामको रूख रोप्नुभएको छ ।
सङ्ग्रहालयका संस्थापक सदस्यहरूको सहभागितामा कतारको दश लाख रूख रोप्ने पहलअन्तर्गत अमिरले ६ लाख नम्बरको रुख रोप्नुभएको हो ।
कार्यक्रममा अमिरले १० लाख रूख रोप्ने पहलको उद्देश्य र बाल संग्रहालय बगैंचा परियोजनामा समावेश विभिन्न गतिविधि, अन्तरक्रियात्मक र अन्वेषण कार्यक्रमहरूको बारेमा दिइएको प्रस्तुति सुन्नुभएको थियो ।
अमिरसँग कतार म्युजियम बोर्ड अफ ट्रस्टीजका अध्यक्ष महामहिम शेख अल मायासा बिन्त हमाद अल थानी, अन्तर्राष्ट्रिय फुटबल संघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनो र केहि मन्त्री र वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।
One Comment