बिज्ञापन

टी-२० महिला क्रिकेट : नेपालले कतारलाई तीनवटै खेलमा हरायो

नेपालले कतारलाई लगातार तीन खेलमा पराजित गरेको छ ।

कतारको वेस्ट इन्ड रंगशालामा नोभेम्बर १५ देखि आयोजना भएको तीन दिवसीय शृङ्खलामा नेपाली टिमले सबै खेल जितेको हो । पहिलो दिनको खेलमा नेपालले कतारलाई ११९ रन र दोस्रो दिन हिजो ६१ रनले पराजित गरेको थियो। आजको खेलमा टोली १०९ रनले कतारलाई हरायो ।

यो संगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला पनि जितेको छ । लामो इतिहास बोकेको भए पनि महिला क्रिकेट टोलीले यसअघि अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थिएन।

विश्वकप अभ्यास

अर्को हप्ता यूएईमा हुन लागेको टी-२० विश्वकप क्रिकेटको एशियाली छनोटअगाडि नेपालले खेलेको यो महत्त्वपूर्ण शृङ्खला हो। विश्वकपको अभ्यास खेलका रूपमा रहेको कतार भ्रमणमा प्रशिक्षक जगत्‌ टमाटाले खेलाडीहरूको मूल्याङ्कन गरिरहेका छन्।

कतारसंग भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी ईन्दु बर्मा र सीता राना मगरलाई भने उक्त टोलीमा समावेश गरिएको छैन।

कतार भ्रमण गर्नुअघि नेपाली टिम बाङ्गलादेश भ्रमणमा पुगेको थियो जहाँ बाङ्गलादेशको कृरा शिक्षा प्रतिष्ठानसँग तीनवटा टी-२० खेलेको थियो।

एशिया छनोट प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि सुरु हुँदै छ। त्यहाँ नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईको सामना गर्नेछ । त्यसको शीर्ष टोली विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्नका लागि छनोट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
35
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button