नेपालमा लगाएको खोप एह्तेराज एपमा कसरी अपडेट गर्ने ?
नेपालमा लगाएको खोप एह्तेराज एपमा कसरी अपडेट गर्ने ?
एह्तेराज एपमा नेपालमा लगाएको खोपले गोल्डेन बक्स देखाउन hqcprotocol@hamad.qa मा आफ्नो आईडी र क्युआर कोड सहितको खोप लगाएको प्रमाणपत्र हालेर इमेल गर्नुपर्नेछ । एपमा अपडेट आउन एक हप्ता भन्दा बढीको समय लाग्नसक्नेछ ।
नेपाल र कतारमा दुबै डाेज खोप लगाएको भएपनि बुस्टर डाेज लगाएको छैन भने एक वर्षपछि एह्तेराज एपमा गोल्डेन बक्स आफै हराएर जानेछ ।
यदि हालसम्म कोभिड-१९ विरुद्धको कुनै खोप लगाएको छैन भने पिएचसिसिको हटलाइन नम्बर ४०२७७०७७ वा qvc@hamd.qa मा सम्पर्क गरि एपोइन्टमेन्ट लिन सकिनेछ । एपोइन्टमेन्ट लिन सकेसम्म समुह मिलेर सम्पर्क गर्दा चाडाे पालो आउन सक्छ । साथै बुस्टर डाेजको लागि पनि सोही नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
68
मनपर्यो
343
खुसी लाग्यो
34
दुःख लाग्यो
23
रुन मन लाग्यो
22
हाँसो लाग्यो
35
रीस उठ्यो
One Comment