अरब कपको टिकट कहाँ कहाँ पाईन्छ ?
कतारले आयोजना गर्ने पहिलो फिफ अरब कप नोभेम्बर ३० देखि सुरु हुनेछ ।
प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने प्रतियोगिताको पहिलो खेलमा अल बायत रंगशालाको उद्घाटनसंगै कतारले बहराइनको सामना गर्नेछ । सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसर पारेर प्रतियोगिताको समापन हुनेछ । सोही दिन युएई विरुद्ध सिरियाको खेल हुने रस अबु अबौद रंगशालाको पनि उद्घाटन हुँदैछ ।
२०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बायत , अल थुमामा,अह्मद बिन अलि, एजुकेसन सिटी ,रस अबु अबौद र अल जनौब रंगशाला गरि जम्मा ६ रंगशालामा खेलहरु सन्चालन हुनेछन् ।
टिकट काउन्टर बाट पनि खरिद गर्न सकिने
अरब कप प्रतियोगिता हेर्न टिकट विभिन्न स्थानमा राखिएको काउन्टर बाट खरिद गर्न सकिनेछ । टिकट खरिद गर्न कोभिड १९ विरुद्धको दुबै डाेज खोप लगाएको हुनुपर्छ । टिकट संगै फ्यान आईडी पनि सोही स्थानमा पाईन्छ । रंगशाला प्रवेश गर्न फ्यान आईडी अनिवार्य रहेको छ ।
अनलाइन मार्फत : fifa.com/tickets
फ्यान आईडी : https://fac21.qa/
काउन्टर मार्फत : बिहान १० देखि बेलुका १० (अन्य दिन) र दिउँसो २ देखि बेलुका १० बजे सम्म (शुक्रबार )
कतारा कल्चरल भिलेज – स्ट्रिट २१
मिशरिब डाउनटाउन – कहराबा स्ट्रिट
दोहा एक्जिबिसन सेन्टर
भिलाजियो मल
मल अफ कतार
दोहा फेस्टिभल सिटी