बिज्ञापन
Trending

नेपालीको लागि क्वारेन्टाइनको नियम फेरिएको छैन

अफ्रिकामा कोभिड-१९ को नयाँ डरलाग्दो ओमिक्रन भेरिएन्ट देखापरेपछि कतार लगायत विभिन्न मुलुकले यात्रा नीति परिवर्तन गरेको छ ।

डिसेम्बर १,२०२१ देखि अति जोखिमपूर्ण देशबाट कतार आउने यात्रुको लागि सरकारले क्वारेन्टाइनको नियम परिवर्तन गरेको छ । अति जोखिमपूर्ण वर्गमा दक्षिण अफ्रिका,नामिबिया , जिम्बावे ,इजिप्ट , लेसोथो , इस्वातिनी र बोत्स्वाना परेको छ । यी देशबाट आउने खोप लगाएका वा नलगाएका दुबै यात्रुले कतारमा बुधबार देखि ७ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ ।

कतारको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको स्थितिलाई मध्यनजर गर्दै हरियो , रातो ,जोखिमपूर्ण र अति जोखिमपूर्ण वर्ग छुट्टयाएको छ ।

नेपालीको लागि क्वारेन्टाइनको नियममा परिवर्तन भएको छैन

यता नेपाली यात्रुको लागि क्वारेन्टाइनको नियममा कुनै परिवर्तन भएको छैन । नेपाल अझै जोखिमपूर्ण वर्गमा छ । हालसम्म कतार आउने खोप लगाएका यात्रुले दुई दिन र नलगाएका यात्रुले सात दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम छ ।

नेपालीको लागि कतार आउन चाहिने कागजात

१. एह्तेराजको वेबसाईटमा विवरण दर्ता    (नयाँ आउनेहरुले मात्र)
२. स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता फारम
३. होटेल बुकिङ
४. श्रम स्वीकृति /हवाई टिकट/७२ घन्टा भित्रको पिसिआर रिपोर्ट
५. कतार आईसकेपछि एह्तेराज एप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
60
खुसी लाग्यो
दुःख लाग्यो
17
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
8
हाँसो लाग्यो
रीस उठ्यो
13
रीस उठ्यो
बिज्ञापन
Back to top button