अल वक्राका खेलाडीलाई मैदानमै हृदयघात

मालीका ३२ वर्षिय डिफेन्डर ओस्माने कुलिबाली हृदयघातका कारण मैदानमा ढलेपछि अल वक्रा र अल रेयानबीच हिजो भएको क्युएनबी स्टार्स लिगको राउण्ड १३ को खेल स्थगित भएको छ ।
उनको अहिले अस्पतालमा उपचार भैरहेको छ ।
कतार स्टार्स लिगले एक प्रेस विज्ञप्ति जारी गर्दै कुलिबालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ र दुई टोलीका मेडिकल स्टाफ, प्यारामेडिक र डाक्टरहरूको प्रयासको लागि धन्यवाद दिएको छ।
४१ औं मिनेटमा खेल रोकिएको बेला अल रेयानले १–० को अग्रता लिएको थियो । म्याच अफिसियल र टोलीबिच खेल पछि सुचारु गर्ने सहमत भएको छ ।
One Comment