दैनिक संक्रमितको संख्या ४ हजार नाघ्यो,थप २ जनाको मृत्यु
कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।
आज देशभर थप ४,१६९ जनामा कोरोना भाइरस संक्रमण र ८२८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भाइरसको कारण आज ५७ र ९१ वर्षिय दुई व्यक्तिको ज्यान गएको छ ।
कतारमा कोरोनाभाइरसको महामारी सुरु भएयता यो अहिलेसम्मकै उच्च संक्रमित संख्या हो ।
आज भाइरस देखिएका मध्ये ३,५७३ जना स्थानिय र ५९६ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,७८,६९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३६,४२२ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ५३९ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ५७ जना
निको हुनेको संख्या : २,४९,६०७
आज सम्म खोप वितरण : ५३,१७,३०८
बुस्टर डाेज खोप वितरण : ३,६८,५४३
आजको खोप वितरण : १७,५८३
निको हुन बाँकीको संख्या : २०,४६०
ज्यान जानेको संख्या : ६२१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment