"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कोरोना लागे के गर्ने ?

कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट संक्रमित भई हल्का वा मध्यम लक्षण देखापरेका व्यक्तिलाई अस्पतालको हेरचाह आवश्यक नपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

मन्त्रालयले हिजो एक जानकारी जारी गर्दै हल्का, मध्यम र गम्भीर कोभिड-१९ संक्रमण हुँदा केके गर्नुपर्ने बारे विस्तृत गरेको छ ।

सामान्य संक्रमणको लक्षण

हल्का ज्वोरो,सुख्खा खोकी, साइनस वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, स्वाद वा गन्धमा कमी, टाउको दुखाइ, वाकवाकी, बान्ता, पखाला, र थकान ।

के गर्ने ?

घर परिवार र अन्य व्यक्ति संग सम्पर्क नहुनेगरि अलग्गै बस्ने ,लक्षण कम गर्न प्यारासिटामोल खाने । बढी मात्रामा तातो पानी खाने र लामो समयसम्म ओछ्यानमा नबस्ने।

परिक्षण गर्न मन लागे

घरमै र्यापिड एन्टिजेन परिक्षण गर्ने । नतिजा पोजेटिभ आए प्रमाणपत्र लिन र एह्तेराज एपमा अपडेट गर्न नजिकैको पिएचसिसि हेल्थ सेन्टर जाने ।

मध्यम संक्रमणको लक्षण

उच्च ज्वरो, लगातार खोकी, काम्ने ,चिसो लाग्नु, मांसपेशी दुख्नु, कम्मर दुख्नु, थकित हुनु र स्वास फेर्न गाह्रो हुनु।

के गर्ने ?

घर परिवार र अन्य व्यक्ति संग सम्पर्क नहुनेगरि अलग्गै बस्ने , लक्षण कम गर्न प्यारासिटामोल खाने । बढी मात्रामा तातो पानी खाने र लामो समयसम्म ओछ्यानमा नबस्ने।

परिक्षण गर्न मन लागे

घरमै र्यापिड एन्टिजेन परिक्षण गर्ने । नतिजा पोजेटिभ आए प्रमाणपत्र लिन र एह्तेराज एपमा अपडेट गर्न नजिकैको पिएचसिसि हेल्थ सेन्टर जाने ।

६० वर्ष भन्दा माथिको भए र अन्य गम्भीर रोग जस्तै क्यान्सर,मुटुको रोग,दम र मृगौला रोग छ भने तुरुन्त १६००० मा कल गरि आवश्यक सल्लाह लिने।

गम्भीर संक्रमणको लक्षण

छाती दुख्ने,ओठ वा अनुहार निलो हुने, अलमल/अनुत्तरदायीपन, चरम थकान र शरीरको दुखाइ, सामान्य अवस्थामा बस्दा पनि श्वास फेर्ने निकै गार्‍हो हुने ।

के गर्ने ?

यस्ता लक्षण देखा परे तुरुन्त अस्पताल जाने र अवस्था अझै नाजुक भए ९९९ मा कल गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
66
मनपर्‍यो
खुसी लाग्यो
11
खुसी लाग्यो
दुःख लाग्यो
21
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button