बिज्ञापन

मेकाइनिस मोटेल क्वारेन्टाइनमा खानेकुरा ल्याउन निषेध

कतार सरकारको मातहतमा संचालित मेकाइनिस मोटेल क्वारेन्टाइनमा खानेकुरा र मादकपदार्थ ल्याउन निषेध गरिएको छ ।

पहिलोपटक कोरोनाभाइरसको महामारी पछि संचालित मोटेलमा सुरुको केही महिना उक्त नियम लागू थियो । तर महामारी नियन्त्रणमा आएपछि कतार आउँदा  खानेकुरा ल्याउन दिइएको थियो । अहिले फेरि महामारी बढे संगै सो नियम कडा रुपमा लागू भैरहेको छ ।

मेकाइनिस क्वारेन्टाइनमा राखिएको सूचना ।

नियम बारे थोरैलाई मात्र जानकारी हुँदा अहिले दैनिक रुपमा झन्डै एक टन भन्दा बढी खानेकुरा जफत हुनेगरेको छ । नेपाली लगायत अन्य देशका नागरिकले ल्याउने घ्यु,अचार,मासु,मकैभटमास,चाउचाउ,सुर्ती,चुरोट संगै अन्य ठुलो मात्रामा खानेकुरा जफत हुनेगरेको मोटेलका कर्मचारी श्याम बुढाले क्युएन खबरलाई जानकारी दिनुभएको छ । त्यसैले कतार आउँदा कुनै किसिमको खानेकुरा नल्याउन उहाँले सम्पुर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।

क्वारेन्टाइनकै लागि निजि होटेलमा बस्दा भने यस्तो समस्या देखिएको छैन ।

कतारमा न्यून तलब भएका कामदारको निमित्त बनाईएको मेकाइनिस मोटेलमा दैनिक हजारौं संख्यामा मानिसहरु क्वारेन्टाइनमा बस्न आउने गर्छन् । अहिले खोप लगाएका व्यक्तिले दुई दिन र नलगाएका व्यक्तिले सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
59
मनपर्‍यो
खुसी लाग्यो
18
खुसी लाग्यो
दुःख लाग्यो
230
दुःख लाग्यो
रुन मन लाग्यो
17
रुन मन लाग्यो
हाँसो लाग्यो
14
हाँसो लाग्यो
रीस उठ्यो
100
रीस उठ्यो
बिज्ञापन
Back to top button