पुनः श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने
वैदेशिक रोजगारीमा जान अघि आवश्यक पर्ने पुनः श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने भएको छ ।
काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि श्रम स्वीकृति अनलाइनबाट मात्रै हुने जानकारी दिएको छ । सूचना प्रविधिको अधिकतम प्रयोग गरि श्रम स्वीकृतिलाई ‘फेसलेस’, ‘पेपरलेस’ र ‘क्यासलेस’ बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ ।
नयाँ कम्पनीमा जान वा यसअघि बायोमेट्रिक नभएका व्यक्तिले भने कार्यालयमा नै गएर श्रम स्वीकृति लिनु पर्नेछ ।
अनलाइन मार्फत श्रम स्वीकृति लिन चाहिने कागजात
१. राहदानीको पेज २ र ३१ को स्क्यान कपी
२. आईडीको स्क्यान कपी
३.अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर वा अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी ।
४. यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी ।
५. चालक भए लाइसेन्सको स्क्यान कपी ।
बिज्ञापन:
कतार नेपाल अनलाइन श्रम सेवा
बिना झन्झट शुलभ शुल्कमा नेपाल तथा कतारमै बसेर अनलाइन मार्फत पुनः श्रम स्वीकृति , म्यादी बिमा र राजश्व तिर्नको लागि भरपर्दो माध्यम ।
नोट : पहिलो १०० जना सेवाग्राहीलाई ५० % छुट ।
थप जानकारीको लागी सम्पर्क नम्बर : ९८१०३०२३१५ (नेपाल), ७०२८९६९३ (कतार)